पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन (पाल्पा)। पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो ।
अर्को एक जना महिलाको शव भने पहिचान हुन नसकेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी–४ लामेदमारका नौ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका पाँच वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी ४१ वर्षीय सुन्दर सुनार, निजको छोरा १० वर्षीय लविस सुनार, छोरी पाँच वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन् ।
घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।
चिउरीवासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ व्याक भएर दुर्घटना भएको जनाइएको छ । जिप सडकबाट एक हजार २०० मिटर तर खसेको थियो । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।
















प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
प्रतिक्रिया