एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन्।
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए। उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए।
‘भदौ २३ र २४ गतेको घटनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जनु प्रकारको प्रचारबाजी गरियो। जिम्मेवारका रुपमा ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो’, पोखरेलले भने, ‘नेपालको इतिहासमा २३ र २४ गते जुनप्रकारका घटना भए। नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र, गणतन्त्र र नेपालका राजनीतिक दलका विरुद्धमा षड्यन्त्रपूर्ण गतिविधी भएका छन्।’
पोखरेलले मुलुकबाट प्रतिगमनलाई पराजित गरेर लोकतन्त्रको बाटोमा अघि बढ्ने बताए।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया