सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस

धरान ( सुनसरी ) । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ ।
पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला सङ्घ जिल्ला सदस्य रुक्मिणी गौतम र महासमिति सदस्य विनोदकुमार राईको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
समानुपातिकतर्फ अनुपमा सुनुवार, आनन्द आचार्य, उर्मिला प्रधान, कृष्णकला मादेन, गोविन्द सुब्बा, गोविन्द बस्नेत, विश्वराज भण्डारी, मीना सुब्बा, मीना पुलामी, रामबहादुर परियार, श्यामा रेग्मी, सुवास राई र सचित शर्माको नाम सिफारिस गरिएको छ ।
यसैगरी, राष्ट्रियसभानिर्वाचनका लागि उमा वास्तोला, काशीराम चौधरी, गिरिराज आचार्य, गोविन्द दर्नाल, चन्द्रप्रसाद श्रेष्ठ, जगतबहादुर कार्की, प्रेमप्रसाद पौडेल, भीष्म काफ्ले, लक्ष्मी खतिवडा, हर्ष सुब्बा, हरिनाथ वास्तोला र हेमलाल सुब्बाको नाम सिफारिस गरिएको सभापति तामाङले बताए।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया