२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५ तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनुका साथै आफन्तहरूबाट साथ र सहयोग पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष : शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्चमा वृद्धि रहनेछ। आवश्यक पर्दा विश्वास पात्रबाट धोखा पाइएला सचेत रहनुहोस्। विद्यार्थीहरूको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : कला वा रचनात्मक कार्यमा मन जानेछ। विद्यार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा मित्रहरूबाट सहयोग पाइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : पारिवारिक कारणले मनमा चिन्ता र असन्तोष रहनेछ। विषयवस्तु नबुझी कुनै पनि कार्य प्रारम्भ नगर्नुहोला। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह : मनमा शान्ति र मुहारमा कान्ति छाँउनेछ। यात्रा रमाइलो रहनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। जीवनसाथीबाट उपहार प्राप्त होला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : परिवारसँग सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा बाधा उत्पन्न हुनेछ। लगनशीलता वा मेहनतले लक्ष्य सम्म पुग्न सकिनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सम्मानित कार्य गर्ने अवसर मिल्नेछ। आनन्दको प्राप्ति हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने अंक २ रहेको छ।
वृश्चिक : व्यर्थको काम र यात्रामा धन खर्च हुनेछ। परिस्थितिवस कार्यक्षेत्रमा पछि परिनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोस्। आध्यात्मिक ज्ञानतर्फ झुकाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु :सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ कार्यको रूपरेखाको जग बसाउन सकिनेछ। कार्यक्षेत्रमा कामको तारिफ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर :कानुनी पक्ष सबल रहनेछ। विवादित परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। पराक्रमबाट नाम स्थापित गर्न सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : सामाजिक सञ्जालमा बोल्दा शब्द चयनको ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। धार्मिक यात्राका योग छन्। विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मीन : सवारी साधन चलाउँदा सावधान रहनुहोला। धेरै बोल्ने बानीले बनीसकेको काम बिग्रिन सक्ला सावधान रहनुहोस्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया