कोरियामा नयाँ चलन प्रेमिकालाई शेयर उपहार

काठमाडौं । दक्षिण कोरियाका युवामा उपहार दिने नयाँ शैली शुरु भएको छ । प्रेमिकालाई फुल र चकलेटको सट्टा राम्रा कम्पनीको शेयर उपहार दिन थालिएको इनसाइडर डटकमले जनाएको छ ।
विगतमा उपहारमा फुल, चकलेट र अन्य सामग्री दिने बानी परिवर्तन गरी बजारमा सुचिकृत राम्रा कम्पनीका शेयर उपहार दिन थालिएको हो ।
र्याप स्टार केन वेष्ट र किम कार्दासियनले प्रगतिका लागि परिवार साथी, स्वास्थ्य, खुसीपन, सम्बन्ध र पैसा ठुलो भएकाले यसका लागि कम्पनीको शेयरले जीवन बनाउन सहयोग पुग्ने अभियानमा लागेकाले कोरियाका युवामा उपहार परिवर्तन भएको बताए ।
कोरियन युवामाझ टेस्ला, एप्पल, स्टारबक्स कफी लगायतका नाम र दाम दुवैमा बलिया कम्पनीका शेयर उपहार दिने प्रचलन बढ्दै गएको छ ।
कोरियामा यो ट्रेण्डको सुरुवात गर्न त्यहाँको ब्रोकर अफिस तथा इन्भेष्टमेण्ड बैंकिङ कम्पनीको ठूलो योगदान रहेको छ ।
केहि समय अघि सिनहान इन्भेष्टमेण्ट कर्पोरेशनले स्टक गिफ्ट कार्ड त्यहाँको लगभग सबै जनताले चलाउने काकाओटक नामक मोबाईल मेसेजिङ एपमा सुरु गरेकाले प्रचलन बढ्दै गएको इनसाइडर अनलाइनले जनाएको छ ।
उपहारमा प्राप्त हुने चक्लेट, फुल लगायतका बस्तुहरु केहि समय पनि नटिक्ने तर कम्पनीका सेयरहरुको कारण सम्पत्ति पनि बढ्ने भएकाले नेपालमा पनि यस्तो प्रचलनका लागि कम्पनीहरु लाग्नुपर्नेमा अर्थविद् विश्वम्भर प्याकुरेलले मेरोन्युजडटकमलाई बताए ।

















सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया