राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र

काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले मतदान केन्द्र तोकिएको जनाएको छ।
जसअनुसार कोसी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, विराटनगर परिसरमा मतदान केन्द्र तोकिएको छ। त्यसै मधेस प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमतीमा मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय गण्डकी कास्की, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीमा सुर्खेतको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिममा कैलालीको प्रदेश निर्वाचन कार्यालय धनगढीलाई मतदान केन्द्र तोकिएको छ।
आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्नेछन्।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया