एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।
बिहीबार पार्टीको शपथग्रहण समारोहपछि काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायतकालीन कूकर्म पुनः दोहोर्याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।‘नेकपा एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन, अब भौतिक हमलाद्वारा आक्रमण गर्ने वा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्मको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ,’ ओलीले भने।
एमालेलाई छोए देश ठप्प पार्ने र सरकार ढाल्ने समेत ओलीले धम्की दिए। ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ, ढालिनेछ यो सरकार,’ उनले भने।
ओलीले एमाले नेतृत्वमाथि जाइलाग्नु महँगो पर्ने चेतावनी दिँदै भने, ‘संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ। यो कुराको लागि हामीले कुराले होइन, कामले तयार हुनुपर्छ, गरेर देखाउनुपर्छ।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया