ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
काठमाडौँ — अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् ।

पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का एकजना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ ।
नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे ‘सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि–१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताएका छन् । ‘राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युएससी आइएस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानी नहोस् भन्ने अभिप्रायले निलम्बन गरेको बताएका छन् । यसै क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने बताएका छन् ।
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया