प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन्।
काठमाडौंमा शनिबार अखिल समाजवादीद्वारा आयाेजित ‘जेनजी’ सँगको अन्तरक्रियामा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि चुनावी मैदानमा उत्रिने र जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दावी गरेका हुन् ।
यदी नेपालका किसान,मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ,यो हामी गर्छौँ,’ उनले भने ।
विगतमा बन्दुक बोकेको, जेल बसेको र किताब पढेको अनुभव सुनाउँदै उनले अब नयाँ उद्योगधन्दा चलाएर र काम गरेर देश बनाउने योजना रहेको बताए।
महासचिव विप्लवले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन हुनेमा भने गम्भीर शंका व्यक्त गरेका छन्। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने कुरामा कसैको विश्वास नरहेको टिप्पणी गर्दै उनले प्रहरी र कर्मचारीको खस्किएको मनोबल, लुटिएका हतियार फिर्ता नहुनु र राज्यसँग रकमको अभाव जस्ता कारणले चुनाव अनिश्चित रहेको दाबी गरे।
आन्दोलनका क्रममा प्रहरीमाथि भएको हिंसाले उनीहरूको मनोबल गिरेको र १६ सय हतियार अझै फिर्ता नभएको भन्दै यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन चुनौतीपूर्ण रहेको उनको तर्क छ।
मुलुकको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने विप्लवको माग छ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया