मंगलबार, पुष ८, २०८२

अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई

मेरोन्यूज २०८२ पुष ६ गते ९:००

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि भारत भ्रमण गर्ने उच्च नेताकाे रूपमा उनकाे भ्रमणलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

चुनावहुन नसके उनि अब प्रधानमन्त्री बन्ने नेपालमा चर्चाबिच उनकाे भारत भ्रमणलाइ ध्यानपूर्वक हेरिएकाे हाे । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् । उनी पुस ९ गते नेपाल फर्किने तालिका छ ।

प्रतिक्रिया