महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।
धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले
पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका कार्यकर्ताहरु आएर विशेष महाधिवेशन हुनसक्ने बताए ।
पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए । थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ‘
उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । ‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’
उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’
महामन्त्री थापाले चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने पनि जिकिर गरे । ‘अब चुनाव भएन भने हामी फेरि ठूलो अनिश्चिततातर्फ जान सक्छौं । ००७ साल देखि ०१५ सालको जस्तो अवस्था,’ उनले भने, ‘त्यसकारणले गर्दा इलेक्सन गर्ने कुरा आवश्यक भयो ।’
















प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया