पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले काँग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भने। उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे ।
“संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी काँग्रेसको हो,” उनले भने। बदलिएको काँग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा काँग्रेस लाग्नुपर्ने बताए । कुनै पनि संस्थालाई दलीय करण गर्ने प्रवृत्तिलाई काँग्रेसले अन्त्य गरेर अगाडि बढ्ने महामन्त्री थापाले बताए ।
उनले काँग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गरे । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रिसलाई जेन जेड आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेन जेडको मर्म र भावनाअनुसार दलहरू सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उनको भनाई थियो ।










महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया