गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्

एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले दलहरूले बाहिर चुनाव हुँदैन भन्दै भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम संकलन थालेको कटाक्ष गरेका छन्।
आज सामाजिक सञ्जालमा उनले यस्तो कटाक्ष गरेका हुन्। भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, त्यो उनले खुलाएका छैनन् । तर कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्।
एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन् । तर बास्कोटाकाे संकेत विशेषत आफ्नै पार्टीलाई रहेको देखिन्छ ।
उनले लेखेका छन् , ‘चुनाब हुँदैन पनि भन्छन्, दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्, ‘कुन पत्याउनु हो? लाखे!’












बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया