कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
मेरोन्यूज
२०८२ पुष ८ गते १०:४६

काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।
०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।
परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित
















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया