आइतबार, वैशाख २०, २०८३

काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी

मेरोन्यूज २०८२ पुष ८ गते ११:०९

भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय काठमाडौँ महानगरपालिकाले खारेज गर्ने तयारी गरेको छ।  

Advertisement
NiccNicc

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको हो। 


महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।

महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए  सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो।

तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ।

प्रतिक्रिया