मंगलबार, पुष ८, २०८२

राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै

मेरोन्यूज २०८२ पुष ८ गते १५:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् ।

शीतल निवास स्रोतका अनुसार शेरवहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुनेछिन् । यसअघि दलका शीर्ष नेतासँग मात्रै राष्ट्रपतिको छलफल हुने तय भएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्।

प्रतिक्रिया