राष्ट्रियसभामा गठबन्धन र महाधिवेशनबारे छलफल गर्न कांग्रेसको आज बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।
बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन र महाधिवेशनकाे कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
राष्ट्रियसभाको निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन गरेर जाने, चुनावका उम्मेदवार छनाैटलगायत विषयसमेत आजको एजेन्डा रहेको बताइएका छ ।
१५ औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ
कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरेफेरको तयारी गरिएको छ ।
संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका स्रोतको भनाइ छ ।
१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया