सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ
मेरोन्यूज
२०७८ जेठ ४ गते १४:५८

काठमाडौं । सर्वोच्च अदालतले शपथसम्बन्धीको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ ग्रहरण सम्बन्धी परेका चारवटा रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ । १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको छ।
रिट निवेदनको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिट निवेदकले प्रधानमन्त्रीले पुन: शपथ लिनुपर्ने र पुन: शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रपतिबाट शपथ लिएका थिए ।

सम्बन्धित










भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया