शनिबार, फागुन १६, २०८२

किसानको समस्या सम्बोधनमा लाग्यो कृषि मन्त्रालय

मेरोन्यूज २०७८ जेठ ४ गते १५:२२

काठमाडौँ । निशेधाज्ञामा देखिएको किसानको समस्या सम्बोधनका लागि सहजीकरण गर्न कृषि तथा पशुपक्षी विकास मन्त्राल अघि बढेको छ । कृषि मन्त्री पद्माकुमारी अर्यालले बन्दाबन्दीमा किसान प्रत्यक्ष मारमा परेकाले समस्या सम्बोधन गर्नुपर्ने बताईन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत वर्षबाट पाठ सिक्दै अहिलेको निशेषज्ञामा किसानका कामलाई सहज हुने गरी व्यवस्था हुने दाबी गरिन् । कृषि मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अन्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन हुनुपर्ने भएकाले प्रशासनसँग सहकार्य गरेर अघि बढेको बताईन् ।

यस्तै, कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा निशेधाज्ञा लम्बिने भएकाले कृषि क्षेत्रलाई थप असर गर्नेमा दुई मत नभएकाले किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोग तय हुने उनले उल्लेख गरिन् । मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् ।

प्रतिक्रिया