लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् ।
विमान त्रिपोली फर्किरहेको थियो । टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् । दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।
टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ । उनले भने, “यी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत सम्पूर्ण विश्वमाझ साझा गरिनेछ।”
लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद अन्य चार सहयोगीसहित टर्कीका सैनिक अधिकारीसँग अंकारामा वार्ता गरी त्रिपोली फर्किरहनुभएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया