लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् ।
विमान त्रिपोली फर्किरहेको थियो । टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् । दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।
टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ । उनले भने, “यी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत सम्पूर्ण विश्वमाझ साझा गरिनेछ।”
लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद अन्य चार सहयोगीसहित टर्कीका सैनिक अधिकारीसँग अंकारामा वार्ता गरी त्रिपोली फर्किरहनुभएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया