शुक्रबार, पुष ११, २०८२

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

मेरोन्यूज २०८२ पुष १० गते १८:५७

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ। कांग्रेसको राष्ट्रियसभा संसदीय दलको बिहीबारको बैठकले यो निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए।

संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो।

जनआवज उठाउने सार्वभौम संसद् राष्ट्रियसभा मात्र रहेकाले पार्टीले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरेको सचेतक रोकायले बताए।

बैठकले संविधानसभा सदस्य गणेशबहादुर खड्का, पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम र मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ र पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया