बिहीबार, वैशाख १०, २०८३

सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

मेरोन्यूज २०८२ पुष ११ गते १२:५८

काठमाडाैं । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ। यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० दिन सञ्चालन हुने बैंकले जनाएको छ।

Advertisement
NiccNicc

बैंकको अफरअनुसार, स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवेदन शुल्क र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ।

सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन अघिल्लो वर्ष कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नु पर्ने छ। उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको कार्डका लागि जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा ३ वटा कारोबार गर्नु पर्नेछ।

बैंकका अनुसार, यस अफरको मुख्य उद्देश्य ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारको प्रवर्धन गर्नु हो।

प्रतिक्रिया