पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्

काठमाडौं । आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख । पौष शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : कामकाे तरिका परिवर्तन गरेर काममा जुट्नुपर्ने अवस्था रहेको छ। परिश्रमको तुलनामा आयस्रोत कम रहनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष : टाढाका साथीभाइहरूसँग सञ्चार माध्यमबाट सम्पर्क बढ्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। महत्वाकांक्षी योजनाहरू अघि बढाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। पिताको सहयोगले रोकिएको कार्यसम्पादन होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। भौतिक सुख सुविधा जुटाउन धन खर्चका योग छन्। नयाँ लगानीबाट फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
सिंह : परिवारमा केही कुरालाई लिएर सबै एकमत नहोलान् त्यसर्थ नयाँ निर्णय लिनुभन्दा अघि सबैसँग विचार विमर्श गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आर्थिक पक्ष सामान्य रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापारिक वा कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला : कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। व्यापारमा लाभ प्राप्त हुनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : आत्मविश्वास जागृत हुनुका साथै परोपकारको काममा संलग्न भइएला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
धनु : प्रतिक्षित नतिजा कमजोर देखिनाले कार्य दोहोर्याएर गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रफुल्लित रहनेछ। आवश्यकता दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। सोचेको कार्य समयमा सम्पादन गर्न नसक्नाले मनमा निराशा छाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन :प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीद्वारा उपहार प्राप्त होला। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया