कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवार चयन गर्ने मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया सुरु गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बैठकले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने निर्णय गरेको हो।
त्यस्तै बैठकले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक-समर्थक बनेका वा असहयोग गरी अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरेको छ।
साथै, कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ।
पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा सक्रिय रहेका नेताकार्यकर्तालाई पार्टीमा फर्कन पनि बैठकले आह्वान गरेको छ। पार्टीमा फर्किनेहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।
यसैगरी कांग्रेसले विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएकाहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वानसमेत गरेको छ । पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय कांग्रेसले गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस १३ गते आइतबार बिहान पुनः बस्ने जनाइएको छ ।

















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया