पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : वाचा गर्नेहरूले प्रतिबद्धता पूरा गर्न सक्छन धैर्य राखौं। कानुन विपरीत कार्य नगर्नुहोला। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : दिगो फाइदा हुने काममा समय बित्नेछ। सहयोगीहरूको साथ मिल्नाले चिताएको काम सम्पादन हुनेछ। कलात्मक र रचनात्मक कार्यतर्फ मन जानेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। चिताएको काम समयमा सम्पादन गर्न सकिनेछ। स्यानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। लगनशीलताले शत्रुहरु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा धैर्यताको अभावले निर्णयहरू प्रभावित हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला। आर्थिक पक्ष सबल रहनेछ। मन प्रशन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला : सरकारी वा वित्तीय संस्थाबाट लाभ मिल्ला। स्वास्थ्य सबल रहनेछ। रोकिएका काम बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
वृश्चिक : व्यस्तताले गर्दा थकान महसुस हुन सक्छ। परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा धैर्य वा संयमताले काम लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु : आजको दिन सामान्य रहेको छ। महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस्। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बन्नेछ। साथीभाइहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मकर : आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। पुराना टाढिएका आफन्तहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। कामकाजमा नयाँ अवसर देखिन सक्छ। आजको शुभ रंग कालो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : संचित धनमा वृद्धि हुनुका साथै पारिवारिक सद्भावमा वृद्धी आउनेछ। अनावश्यक खर्च बढ्न सक्छ सचेत रहनुहोस्। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीन : मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कामको चाप बढ्नेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया