वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो । माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताइन् ।
“बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो”, उनले भनिन् ।
माइती नेपालले सन् २०२४ मा सीमाक्षेत्रबाट एक सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने सन् २०२३ मा भने एक सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो ।
“जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेका छन्”, पर्यवेक्षक पौडेलले भनिन्, “१९ वर्षमाथिको सङ्ख्या भने एक सय २३ जना रहेका छन् ।” माइती नेपालले सन् २०२५ मा करिब २० हजार दुई सय ३१ सवारीसाधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखनविरुद्धको जनचेतनामूलुक कार्यक्रम गरेको थियो ।
















हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया