सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया