इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८ः३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको बताए।
उद्धार टोलीले १२ जनालाई सुरक्षित उद्धार गरी स्थानीय अस्पतालमा पठाएको छ । स्थानीय सञ्चार माध्यमले देखाएको भिडियोमा आगोले भवनलाई व्यापक रूपमा ढाकेको देखिन्छ र स्थानीयहरूले वृद्ध बासिन्दालाई बाहिर निकाल्न प्रयास गरेका थिए । अधिकारीहरूले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरेको बताएका छन् भने परिवारसँग समन्वय गरी थप विवरण सार्वजनिक गरिने बताइएको छ ।
इन्डोनेसियामा पछिल्लो समय आगलागी घटनाहरू बढिरहेका छन्; यसै महिनामा राजधानी जकार्तामा सात तले कार्यालय भवनमा आगो लाग्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा निकेल प्रशोधन कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रतिक्रिया