कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
मेरोन्यूज
२०८२ पुष १५ गते ८:०८

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ ।
गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरुले आज बिहान १० बजेसम्म बन्दसूची बुझाउन पाउने छन् ।विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।
बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ ।कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।
आयोगका एक कर्मचारीले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया