कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ ।
ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ । ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन् । यी स्थानमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्र गतिमा रहेका चालकलाई झस्काउने र गति नियन्त्रण गर्न प्रेरित गर्ने हुनाले यसको रणनीतिक महत्त्व निकै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए।
“सवारी दुर्घटना प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडकको अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ”, जिल्ला ट्राफिक प्रहरी प्रमुख नाथले भने, “भौतिक पूर्वाधारको सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु उत्तिकै जरुरी छ, यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न ढालको काम गर्नेछन् ।”
दुर्घटना न्यूनीकरण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले ट्राफिक प्रहरीले यसको दायरा फराकिलो बनाएको उनले उल्लेख गरे। सार्वजनिक यातायात र स्कुल बसका चालकलाई सडक अनुशासनबारे नियमित प्रशिक्षण, विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिने काम भइरहेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी)ओम रानाका अनुसार यो अभियान प्रदेशभरि नै एउटा सुरक्षा संस्कृतिका रूपमा विकास गर्न लागिएको हो । उनले समुदाय, ट्राफिक प्रहरी र सरोकारवाला निकायबीचको त्रिकोणात्मक समन्वयले मात्र सडकलाई सुरक्षित बनाउन सकिने महत्त्व दर्साए ।
सवारीसाधनको बढ्दो चाप र साँघुरो सडकका कारण प्रदेशमा बर्सेनि हुने क्षतिलाई कम गर्न यस्ता सचेतनामूलक बोर्ड र प्रवर्द्धनात्मक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको उनले बताए।













पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया