चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
मेरोन्यूज
२०८२ पुष १५ गते १४:५७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् ।
युवा उद्यमी समेत रहेका ढकाल रास्वपाको समानुपातिक सूचीमा खस आर्य तर्फ समेटिएका हुन् ।
बालेन शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँगको सहमति अनुसार रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा निर्वाचन आयोगमा बुझाएको छ ।
फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष समेत रहेका ढकाल पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत कार्यरत छन् । सचिन बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।
सम्बन्धित













टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया