आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका लागि मेलमिलाप नै महत्वपूर्ण भएको बताएका छन् ।तत्कालीन समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भू राजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।
उनले सन्देशमा भनेका छन्– ‘आज पाँच दशकपछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरूको दवाव र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दैछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बीपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।
कोइरालाले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको पनि प्रष्ट पारेका छन् । उनले राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दामाथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको तर्क छ ।
उनले भनेका छन्– ‘राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी बीपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिवद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।’
कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुड्किलो मात्र नभइ राष्ट्रको आवश्यक तत्व भएकोमा सबैले मनन गर्न जरुरी रहेको कोइरालाको भनाइ छ ।
कोइरालाले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भिर तथ्यमा चुक्यौँ भने हामी भूमिका विहीन हुने खतरा रहन्छ ।’













पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया