गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
एमाले गोरखा क्षेत्र नं १ बाट दुई जना र क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गरेको उनले बताए। एमाले प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का लागि एमालेले तीन जना नेताको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरेको हो ।
पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । बैठकले दुुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम गरी उम्मेद्वारको सिफारिस गरेको सचिव रोकाले बताए ।
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया