समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

एफसी चितवनका अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवारकाे सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्।
सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्।
उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए।
उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताएका हुन्।
‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन्।
उनले युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति भने आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन्।
‘साथै आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु,’उनले भनेका छन्।
https://www.facebook.com/share/p/179mbNgmFS/?mibextid=wwXIfr
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया