भूकम्पले लमजुङमा केही घर भत्किए, केही घाइते
लमजुङका प्रमुख जिल्ला अधिकारी भन्छन् : क्षतिको विवरण संकलन कार्य जारी छ

बेंसीसहर । लमजुङको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर विहानै गएको भूकम्पका कारण यस क्षेत्रका केही घर भत्किएको छ भने केही मानिसहरु घाइते भएको पारम्भिक सूचना प्राप्त भएको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले बेंसीसहर नगरपालिका–६ चनौटे का केही घरमा क्षति पुगेको छ । मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ यकिन विवरण संकलन कार्य थालिएको बताए । भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको र कही स्थानिय घाइते भएको समेत उनले बताए ।
घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएकी छिन् । दुवै घाइतेको लमजुङ जिल्ला अस्पतालमा उपचार शुरु गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा मा पनि गोविन्द अधिकारी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले क्षतिको यकिन विवरण संकलन कार्य थालिएको र आउन वाकी रहेको बताए ।

















२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया