बुधबार, वैशाख ९, २०८३

एमएडब्लु वृद्धिद्वारा दाङमा डोङफेङको नयाँ शोरूम उद्घाटन

मेरोन्यूज २०८२ पुष २० गते १७:२९

दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ।

Advertisement
NiccNicc

राप्ती अटोमार्ट प्रा.लि.सँगको साझेदारीमा शनिबार आयोजित एक भव्य समारोहका बिच शोरूमको उद्घाटन गरिएको हो।

पश्चिम नेपालमा विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको यस शोरूमको उद्घाटन एफएनसीसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ र डोङफेङ मोटरका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिनले संयुक्त रूपमा गरे। कार्यक्रममा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्तको पनि उपस्थिति थियो।

शोरूम उद्घाटनको अवसरमा कम्पनीले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ समेत सार्वजनिक गरेको छ। ९९ किलोवाट मोटर र ३५० किलोमिटर रेन्ज दिने यो गाडीमा १८ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा-फास्ट चार्जिङ सुविधा रहेको छ।

दाङबासी ग्राहकलाई लक्षित गरी कम्पनीले ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ समेत सुरु गरेको छ । जसअन्तर्गत नाडा मूल्यमा गाडी खरिद गर्न सकिने, निःशुल्क बीमा र फास्ट चार्जर जस्ता सुविधाहरू उपलब्ध गराइएको छ। नयाँ शोरूमले बिक्रीसँगै सेवा र स्पेयर पार्ट्सको सुविधा पनि एकै स्थानबाट प्रदान गर्नेछ।

प्रतिक्रिया