जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
मेरोन्यूज
२०८२ पुष २१ गते ९:५८

काठमाडौँ । नेपालको दोस्रो अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीले एकीकृत सेवा सञ्चालन गर्ने भएको छ । एकीकृत उपचार सेवा प्रवाह गरेर सेवाग्राहीको उपचारमा थप गुणस्तरता ल्याउने चिकित्सालयको तयारी रहेको छ ।
चिकित्सालयका निर्देशक डा वासुदेव उपाध्यायले पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चर सेवालाई एकीकृत रुपमा सञ्चालन गर्ने बताउनुभयो । नसा र हाडजोर्नीसम्बन्धी रोग उपचार सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चरलाई एकीकृत सेवा सञ्चालन गर्न थालिएको उनको भनाइ छ ।
सेवाग्रहीलाई न्यूनमत शुल्कमा ती सबै उपचार गर्ने उहाँले बताउनुभयो । पञ्चकर्मले शरीरलाई शुद्ध पार्ने र सन्तुलन कायम गर्ने एक प्राचीन चिकित्सा पद्धति हो । जसमा शरीरका दोष ९वात, पित्त, कफ० लाई बाहिर निकालेर विषालु पदार्थ हटाउन पाँच मुख्य क्रियाहरू ९वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण० प्रयोग गरिन्छ ।
विसं १९७४ मा स्थापना भएको चिकित्सालयमा अहिले सामान्य चिकित्सा, शल्यचिकित्सा र अकुपञ्चर सेवाका साथै फिजियोथेरापी, सिटी स्क्यानसहित सेवा पनि सञ्चालन भइरहेको छ । चिकित्सालयमा विगत छ महिनादेखि सिटी स्क्यान सञ्चालनमा आएको छ ।
चिकित्सालयमा पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
चिकित्सालयमा सबभन्दा धेरै बिरामी गुदद्वारसम्बन्धी आउने गरेका छन् । जीवनशैलीमा आएको परिवर्तनले गुदद्वारसँग सम्बन्धित पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएको पाइएको चिकित्सालयका निर्देशक डा उपाध्यायले जानकारी दिनुभयो । चिल्लो खानपान, जङ्कफुड, एकै ठाउँमा लामो समयसम्म काम गर्नुपर्ने, शारीरिक अभ्यास कम जस्ता कारणलै अहिले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै गएका हुन् । उनका अनुसार भर्ना भएर उपचार गर्नै धैरै बिरामी पायल्स, फिस्टुला र फिसर रहेको बताए ।
विसं २०८१÷८२ को तथ्याङ्कअनुसार ११ हजार ५५३ जना गुदद्वारसम्बन्धी बिरामी रहेका छन् । उहाँका अनुसार चिकित्सालयमा भर्ना भएकामध्ये ६० प्रतिशत बिरामी पायल्स, फिस्टुला र फिसरसँग सम्बन्धित छन् । चिकित्सालयमा यी तिनै रोगको क्षारसूत्र विधिबाट सर्वसुलभ रुपमा उपचार हुने भएकाले धेरै बिरामी आउने गरेको उनको भनाइ छ । उहाँले समयमा नै उपचार नगरे रोग बल्झिएर क्यान्सरसमेत हुन सक्ने बताए ।
भर्ना भएका बिरामीलाई मनोपरामर्श सेवा
चिकित्सालयले अस्पतालमा भर्ना भएका बिरामीलाई दैनिक बिहान मनोपरामर्श सेवा उपलब्ध गराउने तयारी गरेको छ । चिकित्सालयका निर्देशक डा उपाध्यायले बिहान ध्यानको माध्यमबाट मनोपरामर्श सेवा सुरु गर्ने बताए ।
यसका लागि चिकित्सालयले हलसमेत बनाइसकेको छ । बिहानको समयमा बिरामीलाई मनोपरामर्श सेवा दिने उgले बताए । चिकित्सालयमा अहिले दैनिक ३०० बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयले आफैँले उत्पादन गरेका २५ प्रकारका आयुर्वेद औषधि बिरामीलाई वितरण गर्दै आएको छ । यस्तै विपन्न, ज्येष्ठ नागरिकलाई वार्षिक २० लाख बराबरको औषधि उपचार पनि निःशुल्क रुपमा दिइँदै आएको निर्देशक डा उपाध्यायले जानकारी दिए ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया