लागुऔषधसहित गोंगबुबाट दुईजना पक्राउ
मेरोन्यूज
२०८२ पुष २२ गते १३:२०

काठमाडौँ। प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैबीच देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरु पक्राउ परेका हुन् ।
सम्बन्धित












रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण, यस्तो छ कारण
विदेशी मुद्राको सञ्चिति ३२ खर्ब नाघ्यो
सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागु हुने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल
प्रतिक्रिया