भारतले भन्यो-पुस अघि कोरोना खोप दिन सक्दैनौं
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना विरुद्धको खोप भारतले पुस अगाडी दिन नसक्ने बताएको छ ।
नेपालले सिरमबाट २० लाख खोप खरिद गरेको थियो । यसको लागि भुक्तानी समेत गरिसकेको नेपालले खरिद गरेको १० लाख डोज खोप अझै पाउन सकेको छैन । तर सिरमले पुसअघि खोप दिन नसक्ने बताएको हो ।
८ महिनापछि मात्र खोप दिने भारतको त्यस्तो तयारीबाट नेपालीहरु अझै ८ महिना भारतको खोप आउने आसमा वस्नुपर्ने अवस्था निम्तेको छ ।
रोयटर्स समाचार सस्थाले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै लेखेको समाचारमा पुस अगाडी नेपाललाई खोप दिन नसक्ने उल्लेख छ ।
भारतमा दोश्रो चरणको कारोना महामारी फैलिएसँगै त्यहाँको सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ।
‘भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्याउन चाहन्छौँ। देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिवद्ध रहेका छौ’ सिरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो।
नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ। हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्।
भारतले खोप पुस अगाडी नदिने बताएपछि खोपको आसमा बसेका नेपालीहरु प्रभावित हुने भएका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया