नेप्सेमा ९ अंककाे वृद्धि, काराेबार पनि बढ्याे
मेरोन्यूज
२०८२ पुष २२ गते १६:३६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अंकले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ ।
आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ बराबरको कारोबार भएको हो ।
होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव ८७ प्रतिशतले बढेको छ ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ४१ प्रतिशतले घटेको छ ।
सम्बन्धित













नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया