एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
मेरोन्यूज
२०८२ पुष २२ गते १८:०३

टक्सार (भोजपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस भएका छन् ।
एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्काे बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उनको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।
एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।
सम्बन्धित
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया