सुन मूल्यमा सामान्य गिरावट
मेरोन्यूज
२०७८ जेठ ५ गते १२:२३
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा सय रुपैयाँले घटेर ९३ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
शेयर कारोबार मापक नेप्सेमा प्रतिदिन वृद्धि भई सन्तुलित नभएकाले बुधबार सर्किट लाग्ने अवस्थामा पुग्दा पनि सुन चाँदी ओरालो झरेको बजारमा देखिएको छ । हिजो मंगलबार सुन तोलाको ९३ हजार ४ सयमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैँयाले सस्तो भई प्रतितोला एक हजार ३ सय ७० मा कारोबार भइरहेको छ । कोरोना भाइरसका कारण अधिकांश स्थानमा निषेधाज्ञा भएकाले किनबेच नभए पनि कारोबार रकम तोक्नु पर्ने सुनचाँदी संघको नियम छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया