उप निर्वाचनमा मतदाताले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनु पर्ने

काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पिसिआर रिपोर्ट देखाउनु पर्ने भएको छ ।
वागमतीमा भोलि बिहीबार र लुम्बिनी प्रदेशमा आगामी १७ गते रिक्त पदका लागि उप निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उप निर्वाचनका मतदातालाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ मा र कोरोना संक्रमण देखिएकालाई ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
वागमती प्रदेशको उप निर्वाचन मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई तोकिएको छ । राष्ट्रिय सभाको वागमती प्रदेशतर्फ रिक्त सदस्य पदमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्दै छन् ।
देवकोटालाई उम्मेदवारीका बेला एमालेको माधवकुमार नेपाल पक्षले पनि सघाएको थियो । तत्कालीन नेकपा विभाजनपश्चात् एमाले प्रवेश गरेका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उप निर्वाचन हुन लागेको हो ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया