उप निर्वाचनमा मतदाताले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनु पर्ने

काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पिसिआर रिपोर्ट देखाउनु पर्ने भएको छ ।
वागमतीमा भोलि बिहीबार र लुम्बिनी प्रदेशमा आगामी १७ गते रिक्त पदका लागि उप निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उप निर्वाचनका मतदातालाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ मा र कोरोना संक्रमण देखिएकालाई ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
वागमती प्रदेशको उप निर्वाचन मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई तोकिएको छ । राष्ट्रिय सभाको वागमती प्रदेशतर्फ रिक्त सदस्य पदमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्दै छन् ।
देवकोटालाई उम्मेदवारीका बेला एमालेको माधवकुमार नेपाल पक्षले पनि सघाएको थियो । तत्कालीन नेकपा विभाजनपश्चात् एमाले प्रवेश गरेका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उप निर्वाचन हुन लागेको हो ।
















Thailand votes in early election with 3 main parties vying for power
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
Former PM Bhattarai bereaved of father
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया