महन्थ ठाकुरले गरे राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

जनकपुरधाम । राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराएका छन् । उनले आज जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहेको यहाँस्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिए । उनका अनुसार उक्त पदका लागि मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थनीय तहतर्फ २६६ मतदाता रहेका छन् ।
ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको जानकारी दिए ।
मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।












यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायूको आंशिक प्रभाव : आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया