प्रधानमन्त्री ओलीले गरे बादललाई मतदान गर्न आग्रह
मेरोन्यूज
२०७८ जेठ ५ गते १३:१४

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार हुने निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमोलका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उप निर्वाचनमा ‘बादल’ एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।
‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीको उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ प्रधानमन्त्र ओलीले हस्ताक्षर गरको पत्रमा भनिएको छ, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’


सम्बन्धित
















सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया