शनिबार, फागुन २३, २०८२

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

मेरोन्यूज २०८२ पुष २४ गते ७:४७

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो हावा चल्नेछ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले भने कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु लागेको छ भने पहाड र हिमाली भागमा मौसम सफा छ।महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भए पनि आज बाँकी पहाड र हिमालमा मौसम सफा रहनेछ। तराईमा बिहीबार रातिसम्म नै हुस्सु तथा कुहिरोको प्रभाव रहनेछ।

प्रतिक्रिया