आइतबार, फागुन १७, २०८२

शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै

मेरोन्यूज २०८२ पुष २४ गते १०:१९

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

२३ जना घाइतेको अहिलेसम्म उपचार भइराखेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
मृतक पाँच जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौं जोरपाटी बस्ने ६० वर्षको अर्जुन लामिछानेको मृत्यु भएको हो । गएराति तीन जनाको मात्र पहिचान खुलेको थियो ।

बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया