केएमसी बास्केटबल आइतबारदेखि

काठमाडौं। केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।
सिनियर/जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले प्रतिभावान खेलाडीको पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
केएमसीका निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापाले प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप एकेडेमी र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया