निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग

कर्णाली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ । प्रदेशका दश जिल्लामा रहेका बाह्र निर्वाचन क्षेत्रका लागि नौ हजार ७४३ प्रहरीको माग भएसँगै दरखास्त आह्वान गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रहरीको माग दश जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा गरिएको छ । सुर्खेतमा एक हजार ६२८, दैलेखमा एक हजार ३७८, सल्यानमा एक हजार ३१०, कालीकोटमा एक हजार १०२, जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८०, डोल्पामा ५७९ र हुम्लामा ५४९ निर्वाचन प्रहरी माग गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए।
निर्वाचन प्रहरीको दरखास्त दिन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन भए पनि सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउने प्रबन्ध मिलाइएको उनले जानकारी दिए । सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाइएको छ ।













पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
HoR Election; 53 days to go: Social networking
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
प्रतिक्रिया