१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछिका १२ दिन आफूहरुका लागि निकै पीडादायी भएको बताएका छन्।
रास्वपासँगको सहकार्य तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका उनले शनिबार पत्रकार सम्मेलन गर्दैै आफूहरुलाई यो समयमा केबल इन्गेज गराएर मात्रै राख्ने काम भएको आरोप लगाए।‘वास्तमा त्यो १२ दिन हामीलाई धेरै पीडादायीय भयो,’ घिसिङले भने, ‘उज्यालो नेपालको समर्थकहरुले धेरै नै पीडा भोगेको छ।’
‘यो बीचमा हामीलाई पुरै इन्गेज बनाएर राखियो। राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो। उज्यालो नेपालका साथीहरुलाई पार्टी प्रवेश गर्न आह्वान गरे।
यो प्रक्रियामा हामीलाई इन्गेज गर्दै उनीहरुले धेरै कुरा गरे,’ उनले थपे।व्यक्तिगतरुपमा पनि १२ दिन आफ्ना लागि निकै अप्ठ्यारो समय रहेको घिसिङले बताए। ‘यो १२ दिन मेरा लागि धेरै अलमलको अवस्था भयो,’ उनले भने, ‘अगाडि बढौँ भने अगाडि बढ्न नसकिने। पछाडि फर्कौ भने उनीहरुले फर्कन नदिने।’












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया